काठमाडौं । गणतन्त्रवादीले आज (चैत १५) काठमाडौंमा जुलुस निकालेका छन् । काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित आमसभाअघि विभिन्न ठाउँबाट जुलुस निकालिएको हो ।
त्यस्तै एउटा जुलुस बानेश्वरतर्फ अघि बढ्दा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिएको छ । उनीहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको तस्बिरअंकित प्लेकार्ड समेत प्रदर्शन गरेका छन् । गणतन्त्रका पक्षमा नाराबाजी गरेका छन् ।
बबरमहल हुँदै अघि बढेको गणतन्त्रवादीको प्रदर्शनमा सहभागीले ‘ओली सरकार राजीनामा दे’, ‘कुलमान हटाउन पाइँदैन’, ‘गणतन्त्रविरोधी मुर्दावाद’, ‘भ्रष्ट सरकार मुर्दावाद’लगायत नारा लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ चैत्र २०८१, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोर्चाको जुलुसमा जान स्वास्थ्यले साथ दिँदैन : झलनाथ खनाल