३ दिनभित्रै निजामती विधेयक संसदीय समितिबाट पास गर्ने सत्तारुढको तयारी

सफल खबर संवाददाता

शुक्रबार, ०५ बैशाख २०८२, १३ : ३५
३ दिनभित्रै निजामती विधेयक संसदीय समितिबाट पास गर्ने सत्तारुढको तयारी

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले संसदीय समितिबाट ३ दिनभित्रै निजामती विधेयक पास गर्ने तयारी गरेका छन् । यसका लागि दुवै दलले माओवादी केन्द्रलाई मनाउने प्रयास गरेका छन् ।

‘संवैधानिक परिषद् सम्बन्धी विधेयकमा एमालेको फरक बुझाइ थियो । तैपनि अगाडि बढ्छ भने बढोस् भनेर हामीले सहमति जनायौं,’ एमाले सांसद रघुजी पन्तले भने, ‘फरक मत लिखित रुपमा राखेनौँ । यो कुरा म विपक्षी दललाई स्मरण गराउन चाहन्छु ।

अर्थात् एमाले साम्सद पन्तले माओवादी केन्द्र लगायत विपक्षीलाई फरक मत लिखित रुपमा नराख्न आग्रह गरे ।कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले पनि कतिपय अवस्थामा आफुलाई लागेकै जस्तो हुन नसक्ने ख्याल गर्न आग्रह गरे ।

‘कतिपय विषयमा व्यक्तिको बुझाइ अनुसार पनि नभएको हुन सक्छ । सबै सहमत हुने वातावरण बनाऔं,’ बडुले भने ।विधेयक धेरै लम्ब्याउन नहुने उनको भनाइ थियो ।

‘धेरै कुरा क्लिएर भएका छन् । अब एक राउन्ड छलफल गरौं । दुई दिन, तीन दिन भन्दा बढी नलगाऔं,’ उनले भने ।

यो विधेयकमाथि राज्य व्यवस्था समितिमा छलफलमा छ । साम्सद बडुले सहमतिका नाममा विधेयक धेरै लम्ब्याउन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस