काठमाडौँ । नेपालका लागि अर्मेनिया गणतन्त्रको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल नियुक्त भएका छन् ।
परराष्ट्र मन्त्रालयले त्यससम्बन्धी पत्र प्राप्त भएको जनाउँदै मल्ललाई आज अनुमतिपत्र प्रदान गरिएको जानकारी दिएको छ ।
पत्रअनुसार मल्लले काठमाडौँ उपत्यका हेर्ने जिम्मेवारी पाएका छन् । मल्लको पदावधि २०८४ चैत ९ गतेसम्म हुनेछ ।
मन्त्रालयले सम्बद्ध नेपाली अधिकारी तथा नागरिकलाई मल्ललाई कर्तव्य पालनका सिलसिलामा आवश्यक सहयोग गर्न आग्रह गरेको छ । “अर्मेनिया गणतन्त्रका परराष्ट्र मन्त्री अरारात मिर्जोयानद्वारा जारी मिति १२ मार्च २०२५ को समादेश-पत्रमार्फत काठमाडौँ उपत्यकामा रहने गरी किरण मल्ललाई नेपालको अवैतनिक वाणिज्य दूतसम्बन्धी नियमावलीबमोजिम अर्मेनिया गणतन्त्रको अवैतनिक वाणिज्य दूत पदमा स्वीकार गर्दै यो पत्र जारी गरिएको छ”, परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० चैत्र २०८१, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्मेनियाले पनि प्यालेस्टाइनलाई दियो राष्ट्रको मान्यता, गाजामा युद्धविराम गर्न माग