काठमाडौं। अर्मेनियाले प्यालेस्टाइनलाई औपचारिक ढंगले राज्यको रूपमा मान्यता दिएको छ ।अर्मेनियाको विदेश मन्त्रालयले इजरायल-प्यालेस्टाइन द्वन्द्वको दुई-राज्य समाधान (अलग-अलग देश)का लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेको हो।
आर्मेनियाले इजरायल र प्यालेस्टाइनबीच दिगो र समावेशी शान्ति स्थापना गर्न दुई राज्यको निर्माण मात्रै विकल्प भएको बताएको छ।गाजाको अवस्था भयावह रहेको भन्दै अर्मेनियाले गाजामा फेरि युद्धविराम गर्न आह्वान गरेको छ ।
अहिले विश्वका १ सय ४० भन्दा बढी देशले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्छन्।यस वर्ष युरोप र क्यारेबियन क्षेत्रका धेरै देशले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८१, १६ : ०१
लेखकबाट थप