काठमाडौँ। काठमाडौं, नुवाकोट र चितवनमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-११ बबरमहल चोक नजिक बा.८६ प ९०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भयो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर थिमी नगरपालिका बस्ने खोटाङ घर भएका २६ वर्षीय इसान राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, नुवाकोटको तारकेश्वर गाउँपालिका-१ छापडाँडामा बा २ ख ६८०४ नम्बर बसको ठक्करबाट सोही ठाउँ बस्ने अन्दाजी ३७ वर्षीया मन्जु तामाङको बुधबार राति मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, चितवनको भरतपुर महानगरपालिका-१ भतेरी जङ्गलस्थित सडकमा बा २५ प ४४०३ नम्बरको मोटरसाइकल ना ६ ख ४७५१ नम्बरको ट्रकमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृतक अन्दाजी ३० वर्षीय पुरुषको हाल नाम, थर, वतन खुलेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
उक्त मोटरसाइकल र बा प्र०३०३ प ५२५७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा मोटरसाइकल अनियन्त्रित भई ट्रकमा समेत ठक्कर खाई दुर्घटना भएको थियो । स्कुटर चालक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ चैत्र २०८१, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु