काठमाडौँ । चितवनसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
चितवन, भरतपुर महानगरपालिका-१ पोखरा बसपार्क नजिकै तनहुँबाट दाङतर्फ जाँदै गरेको ग.१ ख ९९७७ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही, तिलोत्तमा नगरपालिका-३ शखरनगरस्थित सडकमा सर्भिस लेनमा रोकी राखेको लु.प्र.००१ख ०४६९ नम्बरको ट्रकमा लु.४९ प २१७२ नम्बरको स्कुटर ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा स्कुटर चालक कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१ तौलिहवा बस्ने १९ वर्षीय सिद्धार्थ चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रुपन्देही, तिलोत्तमा नगरपालिका-५ मणिग्रामस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.५८ प २८३७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक सिद्धार्थ नगरपालिका बस्ने २३ वर्षीय राहुल क्षेत्रीको मृत्यु भएको छ । सोमबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनालाई थप उपचारको लागि भारततर्फ पठाइएको छ ।
मकवानपुर, बकैया गाउँपालिका-४ जुरेली बजारस्थित सडकमा हात्तिसुडेबाट ठुलोदमारतर्फ जाँदै गरेको बा.४० प ५३०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए रति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-४ बस्ने ४७ वर्षीय रूपक दियालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बकैया अस्पताल हुँदै हेटौँडा अस्पतालमा थप उपचारको मृत्यु भएको हो ।
यसैगरी मकवानपुर, मनहरी गाउँपालिका-७ रमनटारस्थित सडकमा ग.११ प ९६२८ नम्बरको मोटरसाइकललाई बा.प्र.०३-००१ क ०८२७ नम्बरको ट्रकले मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार बारा कोल्हवी नगरपालिका-५ कवडी बस्ने ३४ वर्षीया सरिता देवी चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु