रौतहट । रौतहटमा होली पर्वमा सद्भाव बिगार्न खोज्ने ३ जनालाई प्रहरीले कारबाही गरेको छ । १६ नगरपालिका र दुई गाउँपालिका रहेको रौतहटमा शनिवार बिहानैदेखि होली पर्व मनाउने क्रममा केही स्थानमा दुई समुदायबिच विवाद उत्पन्न भएको थियो ।
तर स्थानीय प्रहरी प्रशासनको सक्रियताले कुनै अप्रिय घटना नभएर शान्तिपूर्ण तरिकाले होली पर्व सम्पन्न भएको छ ।गौर नगरपालिका सबगढा गाउँमा होलीको नाउँमा डिजे बजाएर विवाद गर्न खोज्ने २ जना र डिजे गाडी नियन्त्रणमा लिइएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।
त्यसैगरी होली पर्व मनाउने नाममा सबगढा गाउँमै हिन्दु मुस्लिमबिच धार्मिक सद्भाव भाँड्न खोज्ने ३ जना नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइएको एसपी घिमिरेले जानकारी दिए ।
प्रहरीका अनुसार जिल्लामा होली खेल्ने क्रममा ६ वटा सवारी दुर्घटना भएको र ७ जना मानिस घाइते भएका छन् । घाइतेमध्ये एक जना लाई थप उपचारको लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ।
होलीमा ट्राफिक नियम पालना नगरी सवारी साधन चलाउने १४ वटा मोटरसाइकल र ४ चक्के २ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ चैत्र २०८१, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करिब ३६५ किलो गाँजासहित बारामा चार जना पक्राउ
कैलालीमा एक वर्षमा लागुऔषधसहित पक्राउ परे ७७० जना
करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ
बालिकालाई करणी गरेको आरोपम युवक पक्राउ
२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
गोली प्रहार घटनामा संलग्न ३ जना पक्राउ