ताप्लेजुङ । ताप्लेजुङमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन्।
प्रहरीले पीडित बालिका र युवक दुवैको नाम, ठेगाना खुलाएको छैन। ती युवकले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ती युवकले सोमबार राति शौचालय गएको समयमा विभिन्न डरत्रास र धम्की देखाउँदै बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ।
पीडित पक्षले दिएको जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा आरोपित युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए
पक्राउ परेका युवकलाई ताप्लेजुङ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करिब ३६५ किलो गाँजासहित बारामा चार जना पक्राउ
कैलालीमा एक वर्षमा लागुऔषधसहित पक्राउ परे ७७० जना
करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ
२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
गोली प्रहार घटनामा संलग्न ३ जना पक्राउ
सलमान खानलाई धम्की दिने व्यक्ति पक्राउ