सिराहा । सिरहाको गोलबजारबाट प्रहरीले लागुऔषध काराेबार गरेकाे आराेपमा एक युवती र एक किशोरलाई पक्राउ गरेको छ।
लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा होटल सञ्चालक युवती र अर्का एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। पक्राउ पर्नेमा सिराहाको औरही गाउँपालिका २ बनिनिया निवासी इसराफिल राइनकी ३० वर्षीया श्रीमती नगिरा खातुन र सिराहाकै गोलबजार नगरपालिका ७ चोहर्बा घर भएका १८ वर्षीय राजन जयसवाल छन्।
खातुनले गोलबजार नगरपालिका–४ मा सञ्चालन गरेको ‘हाइवे होटल’ बाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए।
शंका लागेर खानतलासी गर्दा होटलबाट ठूलो परिमाणमा खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
होटलमा छापा मार्दा बेसिनमा लुकाइराखिएको अवस्थामा पहेँलो प्लास्टिकमा पोका पारेर राखिएको १७ वटा कालो प्लास्टिकको पोकामा खैरो हिरोइन फेला परेको पासवानले जानकारी दिए ।
बरामद खैरो हेरोइनको औषधको तौल प्लास्टिकसहित १ ग्राम ७३० ग्राम रहेको छ। सोही होटलबो बाहिरबाट पक्राउ परेका १८ वर्षीय राजन जयसवालको साथबाट १५० मिलिग्राम तौल भएको खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको डिएसपी पासवानले बताए।
उनीहरुलाई प्रहरीले सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०८१, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोली हानेर १ जना लागुऔषध कारोबारी पक्राउ, अर्का फरार
अवैध लागुऔषधसहित तीन जना पक्राउ
बाँकेमा लागुऔषध प्रयोगकर्ता र कारोबारी बढेः चुनौतीपूर्ण बन्दै न्यूनीकरण
बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै
लागुऔषधको डिलर पक्राउ
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ