काठमाडौं । अवैध लागुऔषधसहित कोशी प्रदेशका विभिन्न ठाउँहरुबाट चार जना पक्राउ परेका छन् । झापा, मोरङ र उदयपुरबाट लागुऔषध सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले झापा गौरिगञ्ज गाउँपालिका–१ भन्सार चोक स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेका भारतको किसानगन्जका २३ बर्षीय सलमलाई लागुऔषध ब्राउनसुगर ४ ग्राम ५५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय रानी मोरङ र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थितबाट २ ग्राम ४७ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित मोरङ केराबारी गाउँपालिका(७ का २३ बर्षीय सनम राई र २७ बर्षीय रुपेश तामाङलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका–१ खैजनपुरका २२ बर्षीय सन्तोष चौधरीलाई प्रतिबन्धित औषधी ७ एम्पुल र २५ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ चैत्र २०८१, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधको कारोबार गरेकाे आराेपमा युवती र किशोर पक्राउ
गोली हानेर १ जना लागुऔषध कारोबारी पक्राउ, अर्का फरार
अवैध लागुऔषधसहित तीन जना पक्राउ
बाँकेमा लागुऔषध प्रयोगकर्ता र कारोबारी बढेः चुनौतीपूर्ण बन्दै न्यूनीकरण
बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै
लागुऔषधको डिलर पक्राउ