एक महिने शिशु सुतेको ठाउँबाटै बेपत्ता

सफल खबर संवाददाता

शुक्रबार, २९ चैत्र २०८१, १५ : १९
एक महिने शिशु सुतेको ठाउँबाटै बेपत्ता

काठमाडौँ । दैलेखमा एक महिने शिशु सुतेको ठाउँबाटै बेपत्ता पारिएको । ठाटीकाँध गाउँपालिका वडा नं. १ सिराडी बस्ने बम बहादुर बुढाकी एक महिनाको छोरी सुतेको ठाउँबाट हराएकी हुन् ।

गएराति ९ बजेको समयमा बुढा, उनकी श्रीमती मनीषा, छोरा र एक महिनाको छोरीसहितको परिवार घरमा सुतिरहेका थिए । अचानक घर नजिकै रहेको कोसमाराको रुखमा राखेको खरमा आगलागी हुँदा बम बहादुर र मनीषा उक्त आगो नियन्त्रण गर्न घर बाहिर गएका थिए ।

आगो नियन्त्रणमा लिई घर फर्किँदा एक महिने छोरी हिना सुतिरहेको ठाउँमा नभेटिए पछि बम बहादुरले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी ठाटीकाँध दैलेखमा जानकारी गराए पश्चात् प्रहरी सहायक हवलदार कृष्ण बुढाको कमाण्डमा ३ जनाको टोली खटी गई खोजी कार्य भइरहेको प्रहरी सहायक हवलदार भुपिन्द्र खरुले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस