सांसद तोसिमाको प्रश्न : पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो ?

सफल खबर संवाददाता

शुक्रबार, २३ फागुन २०८१, १३ : ४६
सांसद तोसिमाको प्रश्न : पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले सिनियर अतिरिक्त सचिव भएर पनि स्वास्थ्य मन्त्रालयको सचिव नबनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग जवाफ मागेकी छन् । 

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो भन्दै प्रश्न गरिन् । ‘पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो, किन सिनियर भएर पनि सङ्गीता कौशल मित्रलाई सचिव बनाइएन,’ सांसद डा.कार्कीले भनिन् ।  उनले महिलालाई सङ्ख्या पुर्याउनमात्र सांसद बनाइने गरिएको बताइन् ।