काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ । तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउन आह्वान गरिने रास्वपाले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन र आंगिक क्याम्पसहरूमा ५ चैतमा स्ववियु निर्वाचन हुन लागेको छ । अन्य पार्टीका विद्यार्थी संगठन समेत भएकाले स्ववियु निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलका विद्यार्थी संगठनका नेताहरू स्ववियुको तयारीका लागि जुटिसकेका छन् ।
संसद्को चौथो दल रास्वपाले विद्यार्थी संगठन नबनाउने नीति लिएको छ । त्यसैले उम्मेदवारी नहुने रास्वपाको भनाइको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले स्ववियु निर्वाचनमा रास्वपाका तर्फबाट उम्मेदवार नहुने जानकारी गराए ।
‘स्वतन्त्र विद्यार्थी युनियन स्वतन्त्र नै हुनुपर्दछ । हाम्रो पार्टीको नाम स्वतन्त्र छ । तर, स्वतन्त्र विद्यार्थी युनियनको चरित्र नै स्वतन्त्र हो,’ बुर्लाकोटीले भने, ‘चरित्र स्वतन्त्र भएको र शैक्षिक हितको लागि काम गर्ने विद्यार्थी नेताहरू निर्वाचित हुनुपर्दछ । दलीय हिसाबले हुनु हुँदैन ।’
विद्यार्थी हक हित, शैक्षिक वातावरण सुधार लगायका काममा क्रियाशील विद्यार्थी नेताहरू स्ववियुमा विजयी हुनुपर्ने मान्यता रास्वपाको रहेको बुर्लाकोटीले सुनाए । स्वतन्त्र रूपमा उम्मेदवार बनेकालाई समेत पार्टीले पक्षधरता नदेखाउने बुर्लाकोटीले जानकारी गराए । ‘विद्यार्थी हकहित र शैक्षिक सुधारका लागि यो व्यक्ति उपयुक्त छ भनी त्यहींका विद्यार्थीले छनोट गर्न पाउने अधिकार छ । स्वतन्त्र रूपमा उठेका उपयुक्त पात्रलाई भने समर्थन गर्न पार्टीले आह्वान गर्छ,’ बुर्लाकोटीले भने ।
आंगिकतर्फ ६२ र सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा स्ववियु निर्वाचन गर्न लागिएको छ । २०७९ चैतमा भएको स्ववियु निर्वाचन आंगिकतर्फ ९ वटा क्याम्पसमा चुनाव हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०८१, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न रास्वपाको माग
घण्टी बजाएर रास्वपाको ‘जनयात्रा’ शुभारम्भ
चितवनमा हुने जनयात्रामा शान्तिपूर्ण रुपमा सहभागी हुन रास्वपाको अपिल
चेतनाको थलो क्याम्पसमा दलका स्वार्थको ताण्डव नृत्य हुनु लज्जाजनक : डा. स्वर्णिम वाग्ले
टिपरका लागि छुट्टै लाइसेन्स व्यवस्था गरौँ : सांसद झा
सांसद तोसिमाको प्रश्न : पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो ?