इरान र अमेरिकाबीच भएको परमाणु वार्ता सकारात्मक

एजेन्सी

आइतबार, ३१ चैत्र २०८१, ०९ : ३१
इरान र अमेरिकाबीच भएको परमाणु वार्ता सकारात्मक

एजेन्सी । इरानको परमाणु कार्यक्रमबारे इरान र अमेरिकाबीचको पहिलो चरणको वार्ता ओमानमा सम्पन्न भएको छ । सन् २०१८ पछि दुई देशबीच भएको यो पहिलो उच्चस्तरीय बैठक हो । 

बैठक सकारात्मक भएको दुई देशका अधिकारीरूले बताएका छन् । साढे दुई घण्टा चलेको बैठकमा दुबै देश एकअर्काविरुद्ध सौहार्दपूर्ण रुपमा प्रस्तुत भएको बताइएको छ । 

अर्को साता दोस्रो चरणको वार्ता हुने बीबीसीले जनाएको छ । यो वार्तालाई सम्भावित सम्झौताको पहिलो महत्वपूर्ण कदमको रूपमा हेरिएको छ ।

ओमानको राजधानी मस्कटमा भएको वार्तामा इरानी र अमेरिकी प्रतिनिधिहरू बसेका थिए, जहाँ ओमानको शीर्ष कूटनीतिज्ञहरूले वार्ताको अप्रत्यक्ष  मध्यस्थता गरेका थिए ।

यसअघि सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अन्तर्राष्ट्रिय शक्तिराष्ट्रहरूबीच भएको परमाणु सम्झौताबाट अमेरिकालाई अलग गरेका थिए । उनले  इरानसँग एक उत्तम सम्झौता गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस