विराटनगर । नेकपा (एमाले) मोरङको नेतृत्व चयनका निम्ति मतदान सुरु गरिएको छ । बुधबार (फागुन २१) बिहान साढे ९ बजेदेखि मतदान थालिएको हो । बिहान ७ बजेदेखि भनिएको मतदान साढे दुई घण्टा ढिलो सुरु गरिएको छ ।
इतर समूहका उपाध्यक्ष पदका उमेदवार सागर थापाले मतदान सुरु भएको र मतदाता लाइन लागेर उत्साहजनक रूपमा सहभागी भइरहेका जानकारी दिए ।
निर्वाचनबाट १६५ सदस्यीय नयाँ नेतृत्व चयन गरिनेछ । ९१४ मतदाता छन् ।
संस्थापन र इतर समूह प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पाँच पदाधिकारीसहित १६५ सदस्यीय जिल्ला समितिमा ७१ सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।
सुरुमा ३२५ जनाले मनोनयन दर्ता गराएका थिए । ६३ जनाले उमेदवारी फिर्ता लिए । चुनावी मैदानमा १९१ जना छन् ।
निर्वाचनमा संस्थापन पक्षबाट अध्यक्ष पदमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईजालाल राजवंशीले उमेदवारी दिएका छन् ।
यस्तै, इतर समूहबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०८१, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले विराटनगरको अध्यक्षमा बलराम गिरी विजयी
काँग्रेस नेताहरूको असन्तुष्टिबारे संयन्त्रमै छलफल गर्दा राम्रो हुन्छ’: नेकपा एमाले
वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन
एमालेको सचिवालय बैठक बस्ने
दोषी भए पूर्वराजालाई नागरिक जसरी दण्डको भागीदार बनाउँछौं: ईश्वर पोखरेल
‘दुर्गा प्रसाईँ पक्राउ परे, अब पूर्वराजालाई पनि कानूनी दायरामा ल्याउनुपर्छ’: एमाले