बागलुङका ६ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’

सफल खबर संवाददाता

शुक्रबार, १६ फागुन २०८१, १० : ३०
बागलुङका ६ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’

गलकोट । संघीयता लागु भएपछि बागलुङमा १० पालिका भए । त्यसअघि बागलुङ नगरपालिका मात्र अस्तित्वमा थियो । 

२०७३ सालमा स्थापना भएका बागलुङका नौ पालिका भाडाको घरमा सञ्चालन भएका थिए । ती मध्ये ६ स्थानीय तह आफ्नै भवनबाट सेवा दिन सफल भएका छन् । गलकोट र जैमिनी नगरपालिकाका भवन निर्माणाधीन छन् । 

फागुनदेखि ढोरपाटन नगरपालिकाले पनि आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ । भवन निर्माण सम्पन्न भएपछि फागुनदेखि सेवा दिन थालिएको छ । 

चार करोड ५९ लाख ३४ हजारको लागतमा ६ तलाको पक्की भवनबाट सेवा प्रवाह थालिएपछि कार्यालय सञ्चालन खर्च घटेको छ । 

काठेखोला गाउँपालिकाले जग्गा टुंगो लगाउन सकेको छैन । ताराखोला गाउँपालिकाले सुविधासम्पन्न भवन निर्माण गरेको एक वर्ष पछि बडिगाड गाउँपालिकाले भवन बनाएको हो । 

काठमाडौंको सिंहदरबार संघीयतापछि जनताको सेवाका लागि गाउँमै निर्माण हुन थालेका हुन् । 

बडिगाड र ताराखोला मात्र होइन तमानखोला, निसीखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस