काठमाडौं। पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनले भने, 'महाशिवरात्रीका दिन आज पशुपतिमा निषेधित गरिएको चिज खाएर होहल्ला गर्ने, अवाञ्छित गतिविधि गर्ने ७५ जनालाई हामीले पक्राउ गरेका छौं ।'पक्राउ परेका मध्ये केहीलाई प्रहरी वृत्त गौशाला र केहीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको प्रहरीले जनाएको छ ।
आज महाशिवरात्रीका दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रहरी उपरीक्षकको कमान्डमा चार हजार दुई सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।पशुपतिनाथको दर्शनका लागि आज बिहानैदेखि हजारौं भक्तजनको भीड लागेको छ ।
भक्तजनको सुविधाका लागि विकास कोषले बिहान २ बजेदेखि पशुपतिनाथका चार वटै ढोका खोलिएको र कम्तीमा १० मिनेटमा भक्तजनलाई दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ फागुन २०८१, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाबाट डिपोर्ट भएका ३ भुटानी नागरिक झापामा पक्राउ
दुर्गा प्रसाईंको आरटीएफ कमाण्डर राजभण्डारी पक्राउ
राप्रपा नेता रविन्द्र मिश्र र धवल शम्सेर जबरा पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
बुल्गेरिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ
अनलाइन जुवा खेलाएको आरोपमा ११ जना भारतीय नागरिक पक्राउ