प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

सफल खबर संवाददाता

आइतबार, १७ चैत्र २०८१, १३ : ३६
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक  कुलमान घिसिङको बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

आजको बैठकमा सत्ता पक्षका सांसदहरूले पनि संसद्को कारबाही अघि बढाउनुपर्ने माग गर्दै उठेका थिए ।
 

प्रतिक्रिया दिनुहोस