काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबार भएको राजवादीहरूको हिंसात्मक प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जोड्नु अनुपयुक्त र अनावश्यक भएको बताएका छन् । उनले हिंसा, अराजक वा आपराधिक कुनै पनि घटनामा संलग्न नरहेका राप्रपाका नेताहरू धवल शमशेर राणा, रवीन्द्र मिश्र, नवराज सुवेदी, स्वागत नेपाल लगायत सबैको तत्काल रिहा गर्न माग गरेका हुन् ।
‘हिजोको घटना वा कुनै दल वा समुहले गर्ने कार्यसँग राजालाई जोड्न खोज्नु सर्वथा अनुपयुक्त र अनावश्यक छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् । उनले पार्टी कार्यालय,निजी घर, सुपर मार्केट र सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी निन्दनीय भएको पनि बताएका छन्।
थापाले भनेका छन्, ‘ भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको पक्षमा आगामी दिनमा शान्तिपूर्ण ढङ्गबाट हामी अघि बढ्ने छौँ। हिजोको घटनाबाट पाठ सिकेर राष्ट्रवादी आन्दोलनलाई अझ सशक्त तुल्याउनु पर्दछ । हिन्दुराष्ट्र र राजसंस्था पक्षधरलाई कत्ति पनि विचलित नहुन म आह्वान गर्दछु।’
उनले कुनै पनि बहानामा हुने हिंसा र अराजक गतिविधि समर्थन गर्न नसकिने बताएका छन् । प्रहरीको गोलीबाट सविन महर्जनको निधन हुनु र प्रदर्शनकारीहरूले आगो लगाई दिएको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु हुनु जघन्य अपराध भएको उनको भनाई छ । ‘यो घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीलाई कार्वाही गर्नै पर्छ,’ उनले लेखेका छन् ।
यस्तो छ थापाको भनाई
तर, हिजोको घटनाको सन्दर्भमा केही गम्भीर प्रश्नहरू पनि छन्। निजी घरमा पसेर प्रहरीले जुलुसमा किन अन्धाधुन्ध अश्रुग्याँस प्रहार गर्यो ? कार्यक्रम सुरु हुनु अगावै मञ्चमा किन अश्रुग्याँस प्रहार गरियो ? सामान्य झडप हुँदा किन अनावश्यक बल प्रयोग गरेर भिडलाई उत्तेजित बनाउने काम भयो ? परिस्थिति जटिल छ भन्ने पूर्व सूचना हुँदाहुँदै किन आवश्यक सतर्कता अपनाईएन ? राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको अभियानलाई बदनाम गर्न र तुहाउन कहीँ कतैबाट षडयन्त्र त भएको थिएन ? आन्दोलनलाई अराजक बनाउने सरकारी वा अन्य कसैको नियोजित प्रयास त होइन ?
यी र यस्ता प्रश्नहरूको निष्पक्ष छानबिन हुनुपर्छ। भविष्यमा यस्ता घटनाहरू दोहरिन नदिन आयोजक र सरकार दुवै सतर्क र संयम हुनु जरुरी छ। तर, हिजोको घटनालाई अतिरञ्जित ढङ्गबाट बढाई चढाई गरी प्रतिशोध साध्ने वा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई तुहाउन सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यो असफल र प्रत्युत्पादक हुनेछ। हिजोको घटनालाई आधार बनाएर देशमा कायम रहेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकका ज्यादतीलाई लुकाउन सकिन्छ भन्ने कसैले नसोचे पनि हुन्छ।
यही घटनालाई जोडेर अथवा यही मौका हो भन्ने ठानेर राजा वा राजसंस्थासहितको प्रजातन्त्रको बिचारलाई बदनाम गर्ने वा दमन गर्ने सोच राखियो भने त्यसले परिस्थितिलाई झन् जटिल बनाउने छ। केही अप्रिय घटनाहरूको बाबजुद हिजोको प्रदर्शनले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा जनलहर बढ्दो छ, र त्यो सशक्त हुँदै गएको छ भन्ने तथ्यलाई समेत उजागर गरेको छ। त्यसर्थ, जनताको परिवर्तित चाहनाको सम्मान गर्दै वार्ताको माध्यमबाट सबै बिचार र शक्ति अटाउने निकास खोज्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछु।
भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको पक्षमा आगामी दिनमा शान्तिपूर्ण ढङ्गबाट हामी अघि बढ्ने छौँ। हिजोको घटनाबाट पाठ सिकेर राष्ट्रवादी आन्दोलनलाई अझ सशक्त तुल्याउनु पर्दछ । हिन्दुराष्ट्र र राजसंस्था पक्षधरलाई कत्ति पनि विचलित नहुन म आह्वान गर्दछु।
हिजोको घटना वा कुनै दल वा समूहले गर्ने कार्यसँग राजालाई जोड्न खोज्नु सर्वथा अनुपयुक्त र अनावश्यक छ । साथै, हिंसा,अराजक वा आपराधिक कुनै पनि घटनामा संलग्न नरहेका राप्रपाका नेताहरू धवल शमशेर राणा, रवीन्द्र मिश्र, नवराज सुवेदी, स्वागत नेपाल लगायत सबैको तत्काल रिहाइ माग गर्दछु
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ चैत्र २०८१, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व राजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा लिनुपर्छ : कमल थापा
व्यवस्था र अवस्था बदल्न धक्का दिनुपर्ने समय आयो : कमल थापा
राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुन्छ : अध्यक्ष थापा
संघीय धर्मनिरपेक्ष गणतन्त्रको अवधारणामा पुनर्विचार गरौँ : कमल थापा
सीमित दलको सिण्डिकेट खडा गर्ने षड्यन्त्र अधिनायकवादी सोच : कमल थापा
राजाका कारण देश विकास भएन भन्नेहरू नै ब्रम्हलुटमा मस्त भए : कमल थापा