काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अत्याधुनिक प्रविधि, सीपले सुसज्जित, अध्ययन अनुसन्धानमा पारङ्गत र कूटनीतिक कौशलमा निपूर्ण सेना आजको आवश्यकता भएको बताएका छन् ।
सेना दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले दिवसले सेनाहरूको साहस, वीरता, समर्पण र बलिदानलाई स्मरण गर्ने अवसर प्रदान गर्ने उल्लेख गरेका छन् ।
सेनाले राष्ट्र सुरक्षा र सम्मानको रक्षा गर्ने जनाउँदै उनले नेपाली सेनाले साहसी र समर्पित भावले काम गरिरहेको बताएका छन् ।
उनले भनेका छन्, ‘सेना दिवसका अवसरमा हामी सबै मिलेर देशको सुरक्षा र विकासमा योगदान दिने सङ्कल्प लिन सक्नु पर्दछ । सेनाले मुलुकलाई बाहिरी शत्रुबाट रक्षा गर्नुका साथै विभिन्न प्राकृतिक प्रकोप र विपद्को घडीमा देश र समाजलाई सहयोग गर्दै आएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ फागुन २०८१, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव
अमेरिकी उपराष्ट्रपति वान्सको सम्बोधनपछि किन छायो सन्नाटा ?
सार्क महासचिवलाई उपराष्ट्रपतिले भने : सार्क सम्मेलन छिट्टै होस्
विवाह पञ्चमी पर्वले राष्ट्रिय एकतालाई प्रश्रय मिल्छ : उपराष्ट्रपति यादव
कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपतिको आग्रह
उपराष्ट्रपति यादव अस्पताल भर्ना