सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

सफल खबर संवाददाता

बुधबार, २७ चैत्र २०८१, ०९ : २५
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे समितिको कार्यकक्षमा बस्नेछ ।

बैठकमा समितिको वार्षिक कार्यतालिकाको समीक्षा, समितिले गर्न लागेको पुरातत्त्व विभागको भ्रमणबारे छलफल हुनेछ । 

साथै सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग हुने छलफलको पूर्वतयारीबारे पनि बैठकमा छलफल हुने कार्यसूचीमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस