अमेरिकी उपराष्ट्रपति वान्सको सम्बोधनपछि किन छायो सन्नाटा ?

एजेन्सी

शनिबार, ०३ फागुन २०८१, १० : ३०
अमेरिकी उपराष्ट्रपति वान्सको सम्बोधनपछि किन छायो सन्नाटा ?

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी वान्सले युरोपेली देशहरूको लोकतान्त्रिक प्रणालीमाथि आलोचना गरेका छन् । उनले युरोपलाई सबैभन्दा ठूलो खतरा रुस र चीनबाट नभई ‘आफैबाट’ भएको टिप्पणी गरेका छन् ।

म्युनिख सुरक्षा सम्मेलनको सम्बोधनमा उनले युक्रेन युद्ध अन्त्य गर्न सम्भावित वार्ताको बारेमा छलफल गर्ने अपेक्षा गरिएको थियो ।

तर, वान्सले भाषणको अधिकांश समय युरोपेली सरकारहरूलाई आफ्ना मूल्यमान्यताहरूबाट पछि हटेको, आप्रवासन र अभिव्यक्ति स्वतन्त्रतामा नागरिकको चिन्तालाई बेवास्ता गरेको आरोप लगाउँदैमा बिताए ।

वान्सको भाषणपछि हलमा सन्नाटा छाएको थियो । उनको भाषणपछि धेरै नेताहरूले यसको निन्दा गरे । 

जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियमले ले वान्सको आरोप ‘स्वीकार्य छैन’ भने । 

युरोपले आफ्नो सुरक्षाको रक्षा गर्न प्रमुख कदम चाल्नुपर्छ भन्ने ट्रम्प प्रशासनको मान्यतालाई वान्सले दोहोर्‍याएका थिए । 

वान्सले आफ्नो भाषणमा युक्रेन युद्धबारे निष्पक्ष सम्झौता हुनेमा आशंका व्यक्त गरे । यद्यपि, आशा गर्नुपर्ने उनको भनाइ थियो ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्ति वार्ता सुरु गर्न सहमत भएको यसअघि बताइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस