अहिले विद्यार्थीलाई केआईआईटीमै पठाउन उचित हुन्छ : रघुजी पन्त

सफल खबर संवाददाता

मंगलबार, १३ फागुन २०८१, १५ : ०२
अहिले विद्यार्थीलाई केआईआईटीमै पठाउन उचित हुन्छ : रघुजी पन्त

काठमाडौं । एमाले सांसद रघुजी पन्तले विद्यार्थीको सुरक्षाको ग्यारेन्टी गरेर ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मै पठाउन उचित हुने बताएका छन् ।

मंगलबार संसदको शून्य समयमा उनले भने, ‘सरकारले विद्यार्थीलाई सुरक्षाको ग्यारेन्टीको अनुभूति गरेर अहिले पढेको विश्वविद्यलायमा पठाउनु उचित हुन्छ ।’क्रेडिट आवर मिलाएर आएमा नेपालका काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले भर्ना लिने भनिरहेका बेला सांसद पन्तले विद्यार्थीलाई क्रेडिट आवर मिलाउन समस्या हुने भएकाले अहिले जुन विश्वविद्यालयमा पढिरहेको हो त्यसैमा पठाउन उचित हुने बताएका हुन् ।

‘केआईआईटीबाट फर्किएको विद्यार्थीलाई क्रेडिट आवर मिलाएर आए यहीँ पढाउन सकिन्छ भन्ने दिशातर्फ केयू र पूर्वाञ्चाल विश्वविद्यालयले वर्कआउट गरेको समाचार आएको छ’, उनले भने, ‘क्रेडिट आवर मिलाउन अलि जटिल हुन सक्छ ।’

सांसद पन्तले अगाडि भने, ‘विश्वविद्यालय अनुदान आयोगले त्यो प्रक्रिया छ भन्नेबारे प्रष्ट पारेको छैन । फर्किन चाहँदैनन् भने क्रेडिट आवर लिएर आएमा पढ्न खोज्दा यहाँ पढ्न पाउँछन् कि पाउादैनन् ? यसमा सरकारको दृष्टिकोण के हो ? सरकारले के गरिरहेको छ ?’

प्रतिक्रिया दिनुहोस