एजेन्सी । न्युजिल्यान्ड र भारत च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन्।
सोमबार रावलपिण्डीमा भएको खेलमा न्युजिल्यान्डले बंगलादेशलाई ५ विकेटले हराएसँगै एक खेल अगाडि नै भारत र न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गरेका हुन्।
समूह ‘ए’ को शीर्ष स्थानका लागि अब भारत र न्युजिल्यान्डबीच मार्च २ मा प्रतिस्पर्धा हुनेछ। सो खेलको नतिजा जे भए पनि मार्च ४ मा भारतले पहिले सेमिफाइनल दुबईमा खेल्ने छ भने न्युजिल्यान्डले मार्च ५ मा दोस्रो सेमिफाइनल खेल्ने छ।
प्रतियोगिताबाट बाहिरिइसकेका बंगलादेश र पाकिस्तानले बिहीबार रावलपिण्डीमा प्रतिस्पर्धा गर्नेछन्। उक्त खेलमा दुवै देश पहिलो जितको खोजीमा हुनेछन्। आयोजक पाकिस्तान सान्त्वना जितको खोजीमा हुनेछ।
सोमबार भएको खेलमा बंगलादेशले दिएको २३७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २४० रन बनाएको थियो। न्युजिल्यान्डका रचिन रविन्द्रले शानदार शतकीय पारी खेल्दै ११२ रन जोडे। १०५ बलको सामना गरेका उनले १२ चौका र १ छक्काको मद्दतमा शतक हिर्काएका हुन्। उसका लागि टम लाथमले ५५ रन जोडे।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ९ विकेटको क्षतिमा २३६ रनको योगफल खडा गरेको थियो। तान्जिद हसन र नजिमुल मुसेन सान्टोले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गर्दा बंगलादेश बलियो अवस्थामा रहे पनि माइकल ब्रासवेलले बङ्गलादेशको पारी ध्वस्त बनाएका थिए। न्युजिल्यान्डका ब्रासवेलले १० ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। बंगलादेशले ११८ रनमा ५ विकेट गुमाएका थियो। बङ्गलादेशका सान्टोले सर्वाधिक ७७ रन जोड्नुबाहेक अन्य बयाट्सम्यान टिक्न सकेनन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
च्याम्पियन्स ट्रफी : भारतको लगातार दोस्रो जीत, पाकिस्तान पराजित
च्याम्पियन्स ट्रफी : आज भारत र पाकिस्तान भिड्दै
च्याम्पियन्स ट्रफी : रिकेल्टनको शतकमा दक्षिण अफ्रिकाको शानदार जित
च्याम्पियन्स ट्रफी : न्युजिल्यान्डसँग पाकिस्तान पराजित, आज भारत र बंगलादेश भिड्दै