काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारदेखि सडक केन्द्रित प्रदर्शन गर्न लागेको छ । पहिलो चरणमा महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा पार्टीले विभिन्न प्रदेशमा मोटरसाइकल र्याली निकाल्न लागेको हो ।
प्रवक्ता सगुन लावतीका अनुसार मंगलबार धनगढीमा मोटरसाइकल र्याली हुनेछ । त्यसपछि फागुन १९ गते नेपालगन्ज, २१ गते काठमाडौँ, २४ गते वीरगन्ज र २६ गते सुर्खेतमा र्याली निकाल्न लागिएको छ ।
हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापना, प्रदेश खारेजी र भ्रष्टाचार अन्यको माग राखेर कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।
पहिलो दिन मंगलबार धनगढीको अतरियाबाट दिनको १२ बजे बृहत मोटरसाइकल र्याली आरम्भ हुनेछ ।
राष्ट्रिय झण्डामा आयोजना हुने बाइक र्यालीमा राजसंस्था पक्षधर समूह दल, धार्मिक संघ संस्था, प्रदेश तथा भ्रष्टाचार विरोधी राष्ट्रवादीहरुको सहभागिता रहने बताइएको छ ।
राप्रपा कैलाली जिल्ला अध्यक्ष होम बहादुर गुरुङले बताए अनुसार, फागुन १३ गते मंगलबार धनगढीको अतरियास्थित दुर्गा लक्ष्मी उच्च माविको ठिक अगाडि भेला भएर मोटरसाइकल र्याली आरम्भ हुनेछ ।
राप्रपाले चैतमा काठमाडौं केन्द्रीत आन्दोलनको घोषणा गरेको छ । सोही निर्णायक आन्दोलनको तयारीको रुपमा सात प्रदेशका सात प्रमुख शहरहरुमा मोटरसाइकल र्याली आयोजना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
तीनकुने घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ: राप्रपा
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही
बल्खुमा राप्रपाको खबरदारी सभा (तस्बिरहरु)
बल्खुमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै