काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो साढे १२ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो पौने १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन– २०८१ माथि विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम छ ।
बैठकमा संविधानसभा सदस्य राधेश्याम अधिकारी र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका निवर्तमान सभापति रामनारायण बिडारीलाई आमन्त्रण गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ फागुन २०८१, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय संसदका तीन समितिको बैठक बस्दै
कानूनसहित दुईवटा समितिको बैठक बस्दै
संसदीय समितिमा सांसद र सिमेन्ट उद्योगी आमनेसामने, धम्कीपूर्ण भाषाप्रति सांसदहरूको आपत्ति
अर्थसहित संसद्का ६ वटा समितिको बैठक बस्दै
कृषिसहित चारवटा समितिको बैठक बस्दै
अर्थसहित चारवटा समितिको बैठक बस्दै