काठमाडौं । कालीमाटीस्थित सडकमा एक पुरुषको शव फेला परेको सूचना प्रहरीमाझ शुक्रबार बिहानै फैलियो ।लगत्तै घटनास्थल पुगेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा क्षतविक्षत अवस्थामा शव सडकमा फेला परेको थियो । तर, वरिपरि सवारीसाधन केही थिएन ।
सवारीसाधनले ठक्कर दिएर भागेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा सीसीटीभी फुटेजमा एक रोलरले ती व्यक्तिलाई किच्दै अघि बढेको देखिएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले अनुसन्धान अघि बढाउने क्रममा मृत व्यक्ति ५५ वर्षीय सोनु गुरुङ रहेको पत्ता लगायो । थप अनुसन्धानको क्रममा सोनुलाई किचेर फरार भएका चालकलाई समेत पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।
पक्राउ पर्नेमा मकवानपुर घर भई नागार्जुन नगरपालिका–१० स्युचारटार बस्ने उमेश स्याङ्तान छन् । पक्राउ परेका स्याङ्तानसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत नरहेको पाइएको एसपी आचार्यले बताए । उनीमाथि थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ फागुन २०८१, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा परालले छोपिएको अवस्थामा भेटियो महिलाको शव
४ इजरायली बन्धकको शव फिर्ता गर्दै हमास, इजरायलकै हमलामा मारिएको जिकिर
नग्न अवस्थामा महिलाको शव फेला
विमान र सैन्य हेलिकप्टर खसेको नदीबाट ४० शव निकालियो
मदन भण्डारी राजमार्गमा पुरुषको शव फेला
कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा