काठमाडौँ । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागू औषधसहित १० जनालाई पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका–५ मधुमारबाट अवैध लागू औषध गाँजा ४ सय ५० ग्राम र नियन्त्रित लागू औषध ट्रामाडोल ७ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३० वर्षीय मोहमद कलिमसमेत ४ जनालाई बिहीबार राति पक्राउ परेका छन् ।
अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरीले कलिमको घर तलासी गर्ने क्रममा उक्त लागू औषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।यता कञ्चनपुर, पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित बैतडी पाटन नगरपालिका–६ बस्ने २८ वर्षीय कमल भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । त्यस्तै बारा कोल्हवी नगरपालिका–६ प्रसौनाबाट अवैध लागू औषध गाँजा करिब ५ सय ५१ ग्राम सहित सोही ठाउँ बस्ने बच्चा बाबु चौधरी समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिहोर्वाबाट खटिएको प्रहरीले बच्चा बाबुको पसल तलासी गर्दा उक्त लागू औषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
दाङको लमही नगरपालिका–५ रातोडाँडाबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने घोराही उपमहानगरपालिका–१७ घर भएका २७ वर्षीय सुशिल घर्तीलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । साथै सिन्धुलीको मरिण गाउँपालिका–७ देउजोरबाट नियन्त्रित लागू औषध ट्रामाडोल १ सय ५४ ट्याब्लेट सहित २ जनालाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमलामाई नगरपालिका–२ बस्ने २३ वर्षीय राम बहादुर डिमदोङ र २२ वर्षीय साजन तामाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले प्रदेश ३–०२–००६ प ३०८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ फागुन २०८१, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सामा अवैध लागुऔषध गाँजा र चरेशसहित एक जना पक्राउ
काठमाडौँको बूढानीलकण्ठबाट २४ जना भारतीय पक्राउ
वैदेशिक रोजगारीमा अमेरिका पठाई दिने भन्दै रकम ठगी गरेको आरोपमा महिला पक्राउ
विदेशी मुद्रासहित अमेरिकी नागरिक पक्राउ
भरुवा बन्दुकसहित कास्कीमा एक जना पक्राउ
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गरेको आरोपमा ३ जना पक्राउ