काठमाडौं । नेपाली कांग्रेसमा निर्धारित मितिमा महाधिवेशन हुनेमा अब आशंका उत्पन्न भएको छ । पार्टी सभापति शेरबहादुर देउवा नै आफ्नो कार्यकाल लम्बाउन उद्दत देखिएपछि कांग्रेसमा अब २०८५ सालमा मात्रै महाधिवेशन हुने सम्भाबना देखिएको छ ।
कांग्रेसभित्रकै प्रतिपक्षी नेता डा शेखर कोइराला लगायतले निर्धारित मिति अर्थात २०८२ मंसिरभित्रै पार्टी महाधिवेशन गर्न दवाव बढाउन शुरु गरेलगत्तै देउवाले भने महाधिवेशन झण्डै दुई वर्ष धेकेल्ने रणनीति बुन्न थालेका हुन् ।
त्यसका लागि देउवाले आफ्नै अग्रसरतामा अहिलेका कुनै साना राजनीतिक दलका नेता कार्यकर्ताबाटै अर्काे पार्टी जन्म गराउने या कुनै डमी पार्टी तयार पारेर कांग्रेससँग बिलय गराउने र त्यसलाई पार्टी एकताको नाम दिएर आफ्नो कार्यकाल लम्बाउने रणनीति तय गरेका छन् उनले त्यसको छनक आफु निकटका नेताहरुलाई दिईसकेका छन् ।
देउवाका दुई चाहना
संविधानतः कांग्रेसले आगामी २०८२ मंसिरसम्ममा पार्टीको महाधिवेशन गरिसक्नुपर्ने हुन्छ । तर देउवाले सो अवधीमा पार्टी महाधिवेशन गर्न चाहेका छैनन । देउवा निकट स्रोतका अनुसार, उनले उक्त अवधीमा महाधिवेशन गर्न नचाहानुभित्र दुईटा मुख्य चाहना रहेको छ ।
पहिलो – देउवा अहिले एमाले अध्यक्ष केपी ओलीसँगको सत्ता सहकार्यमा छन् । एमाले र कांग्रेसका बीचमा सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी छ । सोही आधारमा अहिले एमाले अध्यक्ष केपी ओली सरकारको नेतृत्व गरिरहेका छन् । ओलीले दुई वर्ष र बाकी अवधी देउवाले प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गर्ने लिखित समझदारी कांग्रेस एमालेका बीचमा छ ।
ओलीले अब १७ महिना सरकारको नेतृत्व गर्न बाँकी छ । कांग्रेस एमालेका बीचको यो समझदारी कायम रहिरहेमा अब २०८२ असार अन्तिम सम्म ओली प्रधानमन्त्री रहनेछन् । त्यसपछि भने देउवाको पालो आउनेछ ।
२०८२ मंसिरमा पार्टी महाधिवेशन गर्ने हो भने कांग्रेस एमाले सहमति कायम रहिरहेमा देउवा भर्खर सरकारको नेतृत्वमा आएका हुनेछन् । वा उनलाई अबको महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न नै कांग्रेसको विद्यानले रोक्ने भएकाले सरकारको नेतृत्वमा समेत छेकबार लगाउन सक्ने सम्भाबना पनि हुनसक्छ । जसकाकारण उनले त्यसलाई सुरक्षित गर्न पनि महाधिवेशन उक्त अवधीमा गर्न चाहेका छैनन ।
राजनीतिका चतुर खेलाडी देउवाले यही बुझेर नै २०८४ बैशाखमा हुने स्थानीय तह र २०८४ मंसिरमा हुने संघ प्रदेशको चुनाव पछि मात्र पार्टी महाधिवेशन गर्न पर्ने प्रस्ताव आफु निकट नेताहरुसँगको छलफलमा मुख खोलिसकेका छन् ।
उनले २०८४ को चुनाव अगाडी महाधिवेशन गर्दा महाधिवेशनको चुनावी ह्याङले पार्टीलाई असर गर्ने र चुनावी परिणाम कांग्रेसको पक्षमा सकारात्मक आउन नसक्ने कारण देखाएर देउवा महाधिवेशन रोक्ने र पछि धकेल्ने योजनामा छन् ।
संविधान अनुसार २०८२ मंसिरमा महाधिवेन गर्न पर्ने दवावमा रहेको कांग्रेसले विशेष कारण देखाएर थप ६ महिना र अर्काे एक वर्ष अवधी थप गर्न पाउने छ । यसो हुँदा उसले २०८४ जेठ सम्म महाधिवेश नगरिसक्नुपर्ने छ । त्यो समय भनेको स्थानीय तह सकिएको र संघ प्रदेशको चुनावको तयारीमा जुट्नुपर्ने समय हुन्छ । यस अवधीमा चुनाव हुन नसक्नेमा काग्रेसका सस्थापन र इतर सबै समुह प्रष्ट छन् । महाधिवेशन पछि धकेल्नु भनेको २०८५ अगाडी सम्भव नहुनेमा दुवै पक्ष प्रष्ट छन् ।
देउवाले पछि सार्न खोज्नुको अर्काे कारण पनि छ ।
दोस्रो – त्यो कारण भनेको संघ प्रदेशको चुनावमा आफै टिकट बाँड्ने र टिकट आफैले बाँढेपछि आफु निकटकै नेताहरुको बोलाबोल हुने र त्यसपछि पनि निरन्तर आफु २०८४ मा आउने सम्भावित चुनावी परिणामपछि पनि दल नेता बनेर सरकारमा छाईरहने रणनीति देउवाको छ । नभए पनि आफना मान्छेहरुलाई सरकारमा बलियो उपस्थितीमा पठाएर सत्ताको तालाचावी आफ्नै हातमा राखिरहन देउवा चाहान्छन् ।
यसका लागि देउवाले २०८५ मा मात्रै पार्टी महाधिवेशन गर्ने गरी रणनीति तय गरिसकेका छन् ।
महाधिवेशन रोक्न डमी पार्टी तयार पारिँदै
नेपाली कांग्रेसको पार्टी विधानअनुसार देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको चारवर्षे कार्यकाल ०८२ मंसिरमा सकिन्छ । तर संविधानले देउवालाई थप डेढ वर्ष कार्यकाल थप्न सक्ने सुविधा दिएको छ ।
संविधानको धारा २६९ को उपधारा ४ (ख) मा ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ’ भन्ने उल्लेख छ । त्यसैको प्रतिबन्धात्मक वाक्यमा भनिएको छ, ‘तर विशेष परिस्थिति उत्पन्न भई ५ वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसके ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन ।’
यही ब्यवस्थालाई टेकेर देउवा अगाडी जान चाहेका छन् । त्यसो गर्दा पनि देउवालाई वीचमा कुनै अर्काे विकल्प खोजि गर्नुपर्ने बाध्यता छ । त्यो हो डमी पार्टी तयार पार्ने र कांग्रेससँग पार्टी एकता गराउने ।
त्यसको प्रष्ट सकेंत उनले गत शुक्रवार आफुलाई भेटन पुगेका नेताहरुलाई दिईसकेका छन् । देउवाले कार्यकाल लम्बाउन चाहेको प्रष्ट बुझेका नेताहरुले संविधान र कानुनले नदिएको थप एक वर्षको कार्यकाल कसरी बढाउन सकिन्छ त ? देउवासग प्रश्न समेत गरिसकेका छन् । जवाफमा देउवाले भनेका छन्, कुनै पार्टीसँग एकता गरेर त्यो विकल्पको खोजि गरिन्छ ।
त्यसो भए देउवाले भनेको त्यो विकल्पको पार्टी एकता कांग्रेसँग कसले गदैछ ? देउवा निकटका एक नेताले भने, सक्दा अहिलेकै भईरहेका साना पार्टीहरुको खोजी हुन्छ, नभए कुनै पार्टी टुटफुट हुन पनि सक्छ, त्यसा पनि नभए डमी पार्टी तयार पारेर भएपनि विकल्प तयार पार्ने रणनीति सभापतिले बनाईसक्नु भएको छ ।
कांग्रेसले कांग्रेस विपिसँग छलफल गर्ने विकल्प पहिलो बनाएको छ । नभए अन्य साना साना पार्टीबाट पनि विकल्प खोज्ने तयारीमा देउवा छन्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०८१, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरसरकारी संस्थाभित्र पारदर्शिता हुनुपर्छ भन्ने आवाज छ : शेरबहादुर देउवा
उद्यमशीलताबाट रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता हो : देउवा
ल्होसारले बन्धुत्वको भावना मजबुत बनाउँछ : सभापति देउवा
पर्वहरूले सामूहिक भावना विकसित गर्न सहयोग पुर्याउँछन् : सभापति देउवा
सभापति देउवासँग अमेरिकी सहायक विदेश मन्त्री लुको भेट
सशांकलाई लिएर कोइराला निवास पुगे देउवा