काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । आइतबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै माओवादी सांसद दुर्गा राईले यस्तो माग गरेकी हुन् ।
‘हजार रोपनी भन्दा बढी त्रिविको जग्गा छानबिन समितिको रिपोर्ट गायब भएको भन्ने के हो ? यसबारे संसद्मा सरकारले जवाफ दियोस्,’ उनले भनिन् । सरकारले त्रिविको जग्गाको प्रयोग विषयमा छानबिन समिति नै बनाएर अध्ययन गरेको छ ।
जग्गा खोजबिन समितिले अध्ययन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेको छ । तर, सार्वजनिक नगरिएको भनेर माओवादी सांसद राईले सार्वजनिक गर्न माग गरेकी हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पञ्चायतकालीन अतिरिक्त सचिव अब चाहिंदैन : माओवादी केन्द्र
माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सहयोग आदानप्रदान सम्बन्धमा समझदारी
नयाँ वर्षमा नयाँ सरकार बन्छ: प्रचण्ड
माओवादी केन्द्रका उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै
अपराधिक कार्य गर्ने सबैलाई कारबाही गर : माओवादी केन्द्र
दलित समुदायको उत्थान नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन : राधेश्याम पासवान