रुपन्देही । रून्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडी तोडफोड भएको छ । बिहीबार राती करिब ११ः३० बजे अज्ञात व्यक्तिले आफ्नै निवासमा राखिएको गाडीमा तोडफोड गरेको गाउँपालिका अध्यक्ष यादवले प्रशासनलाई बताए ।
लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरेको हो । उनका अनुसार गाडीको अगाडिको सिसा चर्किएको छ भने दायाँ साइडको सिसा फुटेको छ तर अहिलेसम्म कसले गरेको हो भनी पत्ता लगाउन सकिएको छैन।
गाडी तोडफोडको घटनाबारे प्रहरीलाई जानकारी गराएको अध्यक्ष यादवले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ फागुन २०८१, १२ : ४३
लेखकबाट थप