कैलाली । कैलालीमा तास खेलिरहेको अवस्थामा बिहीबार राति ९ जना पक्राउ परेका छन्।
डडेल्धुराको आलिताल गाउँपालिका-३ की २८ वर्षीया पूजा खड्काले धनगढी उपमहानगरपालिका-४ मा सञ्चालन गरेको होटल सोल्टीबाट राति साढे ११ बजे तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार होटल सञ्चालक खड्का, आलिताल-७ का ४९ वर्षीय गणेश थापा, अजयमेरु गाउँपालिका–३ का ३७ वर्षीय ईश्वर पाण्डे, बैतडीको सिगास गाउँपालिका-३ की २५ वर्षीया हिमा धामी र पुर्चौडी नगरपालिका-८ का ५५ वर्षीय कालु सिंह धामीलाई तास खेलेको अवस्थामा पक्राउ गरिएको हो।
यस्तै बैतडीको पाटन नगरपालिका-४ का ४१ वर्षीय सुरेन्द्र ऐर, कैलालीको गौरीगंगा नगरपालिका-९ का ४१ वर्षीय लक्ष्मण खड्का, बझाङको थलारा गाउँपालिका-३ का ३० वर्षीय मिन बहादुर भण्डारी र दुर्गाथली गाउँपालिका-८ का ४३ वर्षीय सुरज दौल्याल पनि पक्राउ परेका छन्।
वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट एक लाख ९७ हजार ६ सय ७२ रुपैयाँ र दुई गड्डी तास बरामद गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ फागुन २०८१, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तास खेलिरहेका ३७ जना पक्राउ, साढे ४ लाख नगद पनि बरामद
दशैँमा खेल्न ६ करोडको तास भित्रियो
तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ, झन्डै ६६ हजार नगद बरामद