गृहको नियन्त्रण र सुपरीवेक्षण आपत्तिजनक छ, सच्याइयोस् : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

शुक्रबार, ०२ फागुन २०८१, ११ : १६
गृहको नियन्त्रण र सुपरीवेक्षण आपत्तिजनक छ, सच्याइयोस् : प्रधानमन्त्री ओली

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षकहरुको टोलीले प्रधामन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रस्तावित प्रहरी ऐनमा उल्लेख भएका केही बुँदाहरु सच्याउनुपर्ने माग गरेका छन् । बिहीबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्दै पूर्वआईजीपीहरुको समूहले विवादित केही बुँदाहरु हटाउनुपर्ने माग राखेका हुन् ।

पूर्वआईजीपी मोतिलाल बोहोराका अनुसार मुख्यगरी दुई विषयहरु (गृहको नियन्त्रण तथा परिचालन र सुपरीवेक्षण) विषय सच्याउन माग गरिएको छ । ‘गृहका कर्मचारीले समेत प्रहरी परिचालन गर्नसक्ने राखिएका बुँदाहरु करेक्सन गर्नुपर्ने भनेर हामीले भनेका छौं’ पूर्वआईजीपी बोहोराले भने, ‘प्रधामन्त्रीले पनि करेक्सन हुने आश्वास दिनुभएको छ ।’

जवाफमा ओलीले संसदमा भर्खरै विद्येयक दर्ता भएको र छलफल हुन बाँकी नै रहेकाले सच्याउन सकिने बताएका थिए । त्यसैगरी पूर्वआईजीपीकै समूहले बुधबार राति पनि गृहमन्त्रीलाई भेट गरेर यही कुराहरु दोहोर्‍याएको थियो । विद्येयकमा यसबाहेक अन्य विषयहरु पनि आपत्ति रहेको भन्दै सच्याउन माग भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस