मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताएका छन् ।
मकवानपुरको झुरझुरेमा बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘जबसम्म देशबाट भ्रष्टाचारको अन्त्य गरिँदैन र सामाजिक न्याय स्थापित गरिँदैन, त्यतिबेलासम्म देश अघि बढ्न सक्दैन भन्ने जनमत देशव्यापी रूपमा बलियो बन्दै गएको छ,’ प्रचण्डले भने, ‘मैले देशैभरि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको छु । हाम्रो अभियान सफल बन्दै गएको छ ।’
पूर्वप्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई बलियो बनाउँदै आवश्यकताअनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाई गर्न माओवादी तयार हरेको बताए ।
नागरिकलाई स्वस्थ बनाउन र देशको प्रतिष्ठा विश्वव्यापी रूपमा स्थापित गर्न खेलकुदको विकास महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले स्थानीय सरकारले यसमा ध्यान दिनु थप महत्वपूर्ण भएको बताए ।
आफू प्रधानमन्त्री भएको बेलामा खेल पूर्वाधार निर्माण र खेलाडीको प्रोत्साहनका लागि धेरै कार्यक्रम अगाडि सारेको उल्लेख गर्दै प्रचण्डले खेलका कारण देशको प्रतिष्ठा उँचो बन्दै गएको पनि बताए ।
त्यसअघि अध्यक्ष प्रचण्डले पार्टीको बागमती गाउँपालिकामा कार्यलयमा स्थानीय नेता कार्यकर्तासँग भेटघाट गरेका थिए ।
त्यसक्रममा उनले देशव्यापी रूपमा माओवादी पार्टीप्रति आकर्षणको लहर सुरु भएको भन्दै त्यसलाई संस्थागत गर्दै अघि बढाउन आग्रह गरेका थिए । ‘जे भन्छ, त्यो गर्ने माओवादी नै रहेछ भन्ने जनतामा विश्वास बढ्दै गएको छ,’ उनले भनेका थिए, ‘अब पालिका नेतृत्वले पनि जनताको आशा र विश्वासमा कमी आउन नदिने गरी योजना र कार्यक्रम अघि बढाउनुपर्दछ ।’
उनले जितेका पालिका र वडामा मत बढाउने तथा नजितेकामा जीत निकाल्ने गरी अघि बढ्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए । प्रचण्डले झुरझुरेमा सहिद परिवारसँग पनि भेटघाट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ फागुन २०८१, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० वर्ष पार हुँदा पनि जनताका लागि २५ को जवान जसरी दौडिएको छु : प्रचण्ड
मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो : प्रचण्ड
राजावादी वितण्डाको विरोध गर्दा राहत महसुस गरेपनि ओली सरकारप्रति नरम छैनौं: प्रचण्ड
हामीले सरकार बनाउने र ढाल्ने खेलमा बढी समय दियौँ, अब वर्गतिर फर्किन्छौँ : प्रचण्ड
ज्ञानेन्द्रको विवेकहीनताका कारण राजावादीको आततायी सभा बन्यो : प्रचण्ड
कुलमानबारे प्रधानमन्त्रीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जान्छौं : प्रचण्ड