तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ, झन्डै ६६ हजार नगद बरामद

सफल खबर संवाददाता

मंगलबार, ०८ असोज २०८१, ०८ : १७
तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ, झन्डै ६६ हजार नगद बरामद

कञ्चनपुर  । कञ्चनपुर कञ्चनपुरका वेदकोट र भीमदत्त नगरपालिकाबाट सोमबार राति तास खेलिरहेका बेला १६ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार वेदकोट नगरपालिका-५ धरमपुरस्थित एक घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

उनीहरूका साथबाट २३ हजार १ सय ५ रुपैयाँ र १० गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै सोमरबार राति नै भीमदत्त नगरपालिका-१० सुकासालस्थित घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूको साथबाट ४२ हजार ७ सय ७० रुपैयाँ र १० गड्डी तास पनि बरामद गरेको छ। 

प्रतिक्रिया दिनुहोस