ईसीडी दुई वर्षे बनाउन सिफारिस

सफल खबर संवाददाता

विहीबार, ०१ फागुन २०८१, १३ : ११
ईसीडी दुई वर्षे बनाउन सिफारिस

काठमाडौं । प्रारम्भिक बाल विकास (ईसीडी) लाई दीर्घकालमा दुई वर्षको बनाउन प्रस्ताव गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ईसीडीको अध्ययन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माको संयोजकत्वमा बनाएको समितिले दुई वर्षको बनाउन सिफारिस गरेको हो ।

समितिले बिहीबार शिक्षामन्त्री विद्या भट्टराईलाई प्रतिवेदन बुझाएको छ । ‘ईसीडी दुई वर्षको हो भन्ने विभिन्न ठाउँमा सरकारी प्रतिबद्धता रहेछ । दीर्घकालमा दुई वर्षको बनाउन र अहिले अल्पकालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन अनुसार जानुपर्ने भनिएको छ,’ समितिका संयोजक शर्माले भने ।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले ईसीडी एक वर्षको हुनुपर्ने भनेको छ । अब दुई वर्षको बनाउन कानुन संशोधन गर्नुपर्ने हुन्छ । ‘दुई वर्षमा लैजाने विषय कानुनी व्यवस्थामा आउनुपर्छ,’ शर्माले भने ।

 

प्रतिक्रिया दिनुहोस