काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भएका छन् । काठमाडौँमा जारी महाधिवेशनमा महिला उपाध्यक्षमा मानुषी र दलित उपाध्यक्षमा सोबको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।
अध्यक्षमा भने डा. बाबुराम भट्टराईलाई नेत्र चापागाईँले चुनौती दिँदै छन् । तीन बजेबाट हुने मतदानबाट ११ पदाधिकारीसहित ९९ जनाको कार्यसमिति चयन गर्नेछ । अहिलेसम्म दुई उपाध्यक्षसहित २० केन्द्रीय सदस्य निर्विरोध भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ माघ २०८१, १२ : ४८
लेखकबाट थप