वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अर्को कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो आदेशले ट्रान्सजेन्डर महिलाहरूलाई महिला खेलकुदमा प्रतिस्पर्धा गर्नबाट रोक्छ ।
यो आदेशले खेलकुदमा निष्पक्षता पुनर्स्थापित गर्ने रिपब्लिकन नेताहरूले बताएका छन् । तर एलजीबीटी समर्थक र मानव अधिकार सङ्गठनहरूले यो कदमलाई भेदभावपूर्ण भनेका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा यसबारे जानकारी दिएका हुन् । यो अमेरिकाका केटी र महिलाका लागि ठुलो दिन भएको उनले बताए ।
‘हिजो, मैले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेँ, यस कारणले गर्दा एनसीएएले आधिकारिक रूपमा आफ्नो नीति परिवर्तन गरी पुरुषहरूलाई महिला खेलकुदमा खेल्न अनुमति दिएको थियो । अब यो प्रतिबन्धित छ ।’ ट्रम्पले लेखे ।
एनसीएएको पूरा अर्थ राष्ट्रिय कलेजिएट एथलेटिक संघ हो । यसले अमेरिकामा अन्तरकलेज एथलेटिक्सलाई नियन्त्रण गर्छ । ‘पुरुषलाई महिलाहरूसँग प्रतिस्पर्धा गर्न कहिल्यै अनुमति दिइनु हुँदैनथ्यो, महिला खेलकुद बचाउने राष्ट्रपतिको रूपमा म गौरवान्वित छु ।’ उनले लेखेका छन् । अमेरिकी जनता र विश्वभर लोकप्रिय ओलम्पिक समितिले पनि सामान्य ज्ञान प्रयोग गरेर यो नीति लागू गर्ने आशा आफूले गरेको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ईयूबाट आउने रक्सीमा २०० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने ट्रम्पको धम्की
उत्तर कोरियाली नेता किमसँग अझै सुमधुर सम्बन्ध छ : ट्रम्प
ट्रम्पले उच्च सैन्य अधिकारीलाई पदबाट हटाए
आठ ल्याटिन अमेरिकी ड्रग कार्टेललाई ट्रम्पले गरे विदेशी आतङ्कवादी सङ्गठन घोषणा
ट्रम्पले खुलाए नेपाललाई दिंदै आएको ५ अर्ब रोक्नुका कारण
रुससँगको शान्ति वार्तामा युक्रेनलाई पनि संलग्न गराउने ट्रम्पको प्रतिबद्धता