वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले स्मार्टफोन, कम्प्युटर र केही अन्य विद्युतीय सामग्रीलाई ‘पारस्परिक’ करबाट छुट दिएको छ । यो १ सय २५ प्रतिशत कर लगाइएको चिनियाँ सामग्रीमा समेत लागु हुनेछ ।
अमेरिकी कस्टम एन्ड बोर्डर पट्रोलले यी सामग्रीहरूमा ट्रम्पले विश्वभर लगाएको १० प्रतिशत कर तथा चीनमा लगाइएको विशाल कर लागु हुनेछैन । चीनमाथि लगाइएको करमा ट्रम्पले छुट दिएको यो पहिलो अवसर हो । एक व्यापार विज्ञले यसलाई ‘गमे चेन्जर’ भनेर टिप्पणी गरेका छन् ।
शनिबार राति मियामीतर्फ यात्रा गरिरहँदा ट्रम्पले कर छुटबारे आगामी हप्ताको सुरुवातमा थप जानकारी दिइने बताए । एयर फोर्स वानमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले सो कुरा बताएका हुन् । धेरै विद्युतीय सामग्रीहरु चीनमा बन्ने हुँदा अमेरिकी प्रविधि कम्पनीहरूले यसको मूल्य आकासिने चिन्ता जताएसँगै ट्रम्प प्रशासनले यस्तो निर्णय लिएको हो ।
५ अप्रिलको कर छुटको व्यवस्था अनुसार यसमा सेमिकन्डक्टर, सोलार सेल र मेमोरी कार्ड पनि रहेका छन् । यो निर्णयले एप्पल, एनभिडिया, माइक्रोसफ्टजस्ता प्रविधि कम्पनीहरूले राहत महसुस गर्ने बताइएको छ । ह्वाइट हाउसले भने यी विद्युतीय सामग्री अमेरिकामा नै निर्माण गर्नका लागि समय दिन यो निर्णय लिइएको संकेत गरेको छ। –बीबीसी
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ चैत्र २०८१, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अतिरिक्त भन्सार महसुलमा व्यवहार ठिक भएनः ट्रम्प
५ लाख ३० हजार आप्रवासीहरू बारेमा ट्रम्पले लिए ठुलो निर्णय
ईयूबाट आउने रक्सीमा २०० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने ट्रम्पको धम्की
उत्तर कोरियाली नेता किमसँग अझै सुमधुर सम्बन्ध छ : ट्रम्प
ट्रम्पले उच्च सैन्य अधिकारीलाई पदबाट हटाए
आठ ल्याटिन अमेरिकी ड्रग कार्टेललाई ट्रम्पले गरे विदेशी आतङ्कवादी सङ्गठन घोषणा