कांग्रेस महामन्त्री थापा मधेस प्रदेश आउँदै

सफल खबर संवाददाता

बुधबार, ०३ बैशाख २०८२, ०८ : ३७
कांग्रेस महामन्त्री थापा मधेस प्रदेश आउँदै

बारा । नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्ययतामा नेपाली कांग्रेस बारा–३ ले आज क्षेत्रीय सम्मेलन गर्ने भएको छ ।  कार्यक्रममा  सहमहामन्त्री फर्मुला मनसुर, मधेस प्रदेश नेताहरूको समेत सहभागी रहने नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताले बताए ।

महामन्त्री थापा बिहान ८ः३० बजे काठमाडौँबाट सिमरा आउने कार्यक्रम रहेको उनले बताए । उनको स्वागतको लागि माहागढीमाई नगरपालिका नगर प्रमुख उपेन्द्र प्रसाद यादवको नेतृत्वमा मोटरसाइकल र्‍याली हुने बताइएको छ ।  

बारा जिल्लाको क्षेत्र न.३ जितपुर सिमरा-१८ को प्रथम क्षेत्रीय सम्मेलन कार्यक्रम ९:३० बजे बाट सुरु हुने  गुप्ताले बताए । 

प्रतिक्रिया दिनुहोस