काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताएका छन् ।
आजबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औँ संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आइटी हबको लक्ष्य हासिल गर्न सकिने बताए ।
आइटी क्षेत्र विश्वव्यापी बजार भएको, खबौं रुपैयाँ बराबरको सेवा निर्यात गर्न सक्ने र लाखौँ मानिसलाई रोजगारी दिन सक्ने क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न सरकारसँग आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घले अन्य विभिन्न कानुनका साथै आइटी तथा स्टार्ट अप र इनोभेसनका क्षेत्रमा पनि समयानुकूल नीतिगत सुधारका लागि सरकारसँग बहस र पैरवी गर्दै आइरहेको जानकारी दिँदै अध्यक्ष ढकालले महासङ्घको पहल पछि नेपाल सरकारले नेपाली सूचना प्रविधि (आइटी) क्षेत्रको विकासमा लागि पछिल्ला कानुनहरूमा गरेको संशोधनले यो क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिने बताए ।
‘नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृत गरी नेपाली आइटी कम्पनीहरूले विदेशमा लगानी गर्न, शाखा खोल्न, कारोबार गर्न र त्यहाँको आम्दानी नेपाल भित्र्याउन पाउने कानुनी व्यवस्थाले नेपाली आइटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने र वैदेशिक मुद्रा आर्जनमा वृद्धि गर्ने छ’ उनले भने ।
क्यान इन्फोटेकले नवीनतम प्रविधि स्टार्टअप इनोभेशन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने समेत बताए ।
सरकारले नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास र प्रयोगका लागि ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदा तयार पारेको सन्दर्भमा प्रस्तावित नीतिले सुरक्षित तथा दिगो एआई इकोसिस्टम निर्माण गर्ने, जनशक्ति विकास गर्ने, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
फरक प्रसङ्गमा बोल्दै अध्यक्ष ढकालले नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा विभिन्न नाममा विरोध हुनु दु:खद भएको बताए । पाथीभरा केबलकार प्रकरणमा भइरहेका विरोधका विषयमा बोल्दै उनले विकासलाई राजनीति र धर्मभन्दा माथि राखेर हेर्न राजनीति दल तथा सर्वसाधारणमा आग्रह गरे ।
माघ २४ देखि २८ गतेसम्म चल्ले क्यान इन्फोटेकको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रमा सरकार आफैँले धेरै काम गर्न बाकी रहेको बताए ।
उनले यस क्षेत्रमा निजी क्षेत्रले गरेको योगदानको सराहना गर्दै आउने दिनमा निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्ने बताए । आइटीलाई उद्योगको रूपमा विकास गर्दै अगाडी लैजान नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले सरकारले नीतिगत सुधारको लागि काम गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ माघ २०८१, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगानीको वातावरण बनाउन अझै कानुन संशोधन गर्नुपर्छ : चन्द्रप्रसाद ढकाल
महासंघले लगानी प्रवर्द्धनमा नियोगहरूलाई सघाउँछ : चन्द्रप्रसाद ढकाल
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो : अध्यक्ष ढकाल
महासंघ साना तथा मझौला उद्योग प्रवर्द्धनमा लागेको छ: ढकाल
पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ : अध्यक्ष ढकाल