चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्दामा आज दोस्रो चितवन जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई अदालतमा उपस्थित गराएसंगै बहस सुरु भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
सरकारी वकिलका तर्फबाट आज छिमेकी जिल्लाबाट आएका जिल्ला न्यायाधिवक्ताहरुले बहस सुरु गरेका हुन् । बारा जिल्लाबाट आएका न्यायाधिवक्ता शम्भु कुमार बस्नेत, पर्सा जिल्लाका न्यायाधिवक्ता भोलानाथ निरौला र धादिङ्ग जिल्लाका न्यायाधिवक्ता दशरथ पंगेनीले बहस गरेको सूचना अधिकारी विश्वकर्माले जानकारी दिए । अहिले जाहेरवाला सहकारी पीडिततर्फका अधिवक्ताहरुको बहस चलिरहेको छ । सहकारी पीडितको तर्फबाट हिजो ४ जनाले वकालतनामा लेखाएका थिए भने आज थप वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु सुरेन्द्र भण्डारी र रामचन्द्र गौतमले वकालतनामा दर्ता गराएका थिए ।
जाहेरवालातर्फको वकिलहरुको बसह सकिएपछि प्रतिवादी रवि लामिछानेका तर्फबाट वकिलहरुले बसह गर्नेछन् । लामिछानेको तर्फबाट हिजो २ वरिष्ठसहित १० जनाले वकालतनामा दर्ता गराएका थिए भने आज थप एक जना वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेलले वकालतनामा दर्ता गराएका छन् । लामिछानेकोतर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील कुमार पन्त, धर्मराज आचार्य, अधिवक्ताहरु डा. नारायण दत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, सञ्जय गोले, गोपीलाल देवकोटा, केदारराज पन्त र दिपकराज तिमल्सेना रहेका छन् ।
हिजो पहिलो दिन जिल्ला सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधीवक्ताहरु अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका थिए । जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेपछि हिजो थुनछेक स्थगित गर्दै लामिछानेलाई प्रहरीको जिम्मा लगाईएको थियो । सरकारी वकिल कार्यालयले मंगलबार लामिछानेसहित १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा पुरक मुद्दा दर्ता गरेको थियो । त्यसअघि गत असोज ८ गते साहारा चितवन बहुउद्देश्यीय सहकारी सस्थाका पीडित बचतकर्ताको उजुरीको आधारमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवि राइसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको थियो । त्यसबेलाका १७ जना र अहिले थप १५ सहित ३२ जनाविरुद्ध मुद्दा चलेको हो ।
चितवन प्रहरीले ३२ जनालाई नै सहकारी ठगी तथा संगठित अपराधको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलले रवि लामिछानेसहित २० जनालाई ठगी मात्रै अभियोजन दर्ता गरेर संगठित अपराध कसुरबाट उन्मुक्ती दिएपछि सरकारले छानबिन समिति नै बनाएर अघि बढेको छ । सोही अनुरुप छिमेकी जिल्लाबाट समेत सरकारी वकिलहरु बहसका लागि चितवन आइपुगेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ माघ २०८१, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति लामिछाने कास्की अदालत जाँदै
रवि लामिछाने तारिखका लागि काठमाडौं अदालतमा उपस्थित
रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता
चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो
चितवनमा रवि लामिछानेको थुनछेक बहस, ६ सय प्रहरी फिल्डमा खटियो
रविलाई आज फेरि अदालतमा उपस्थित गराइने