चितवन । चितवन जिल्ला अदालतमा साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । बिहान पौने १२ बजेदेखि सुरु भएको बयान ४ घण्टासम्म चलेको थियो ।
उनको आजै थुनछेक बहस सुरु गर्ने तयारी भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलास नं. २ मा उनको बयान चलेको थियो ।
थुनछेक बहसका लागि रवि लामिछानको तर्फबट बहस गर्ने अधिवक्ताहरुले आफ्नो नाम दर्ता गराएका छन् । लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ता सुवर्ण सापकोटा,नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा, सञ्जय गोलेले वकालतनामा दर्ता गराएका छन् । सहकारी पीडितको तर्फबाट अधिवक्ताहरू राजकुमार श्रेष्ठ, रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्नेछन् ।
सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपानेसहित सरकारी वकिलहरू बुद्धबहादुर थापा, अमृत सुवेदीले बहस गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ माघ २०८१, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला अदालतले रवि लामिछानेलाई प्रहरीको जिम्मा लगायो
रवि लामिछानेविरुद्ध अभियोजनमा त्रुटि गरेको भन्दै चितवनका जिल्ला न्यायाधिवक्तामाथि छानबिन सुरु
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता, ५६ कराेड पुग्याे बिगाे
रवि लामिछानेसहित १४ जनाविरुद्ध आज चितवनमा मुद्दा दर्ता हुँदै
सभामुखलाई रविले बुझाए निलम्बन फुकुवाको निवेदन
रवि लामिछाने संसदीय दलको कार्यालय जाँदै, सभामुखलाई भेट्ने