मधेश केन्द्रित आठ दलको कार्यदलको पहिलो बैठक बस्दै

सफल खबर संवाददाता

शुक्रबार, १८ माघ २०८१, १२ : १०
मधेश केन्द्रित आठ दलको कार्यदलको पहिलो बैठक बस्दै

काठमाडौँ । मधेशकेन्द्रित आठ दलको कार्यदलको पहिलो बैठक आज बस्दै छ । हिजो बिहीबार सिंहदरवारमा बसेको मधेशकेन्द्रित दलको बैठकले कार्यदल बनाएको थियो । बिहीबार दिउँसो ३ बजे सिंहदरवारस्थित लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बैठक बस्ने कार्यक्रम तय भएको छ ।

कार्यदलमा जसपाबाट इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी केशव झा मेहता, जनता प्रगतिशीलबाट शिवजि यादव र लोसपाबाट ब्रजेश सिंह छन् ।

कार्यदलले साझा एजेण्डा तय गर्न मस्यौदा बनाउने, कार्यदलमा भएका विषय दलमा राख्ने, विधेयकमा समान धारणा लगायतका कार्य गर्ने निर्णय भएको थियो । कार्यदलले गरेका निर्णयमाथि सबै दलका अध्यक्षहरू बसेर थप निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस