काठमाडौँ । आशिका तामाङविरुद्ध भक्तपुर जिल्ला अदालतमा आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ । प्रहरी वृत्त जगातेको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले अदालतमा अभियोगपत्र दायर गरेको हो ।
मंगलबार उनीविरुद्ध बयान र थुनछेक भएन । शुक्रबार उनलाई बयान र थुनछेकको लागि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए ।
आशिका सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको धरौटी बुझाएर छुटेपछि पुनः पक्राउ परेकी थिइन् । उनीविरुद्ध प्रहरी वृत्त जगातेमा आपराधिक उपद्रव गर्न नहुने कसुरमा जाहेरी दर्ता भएको थियो ।
साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरुसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएको थियो । आफूलाई अभियन्ता दाबी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएको आरोप छ । सूर्यविनायक नगरपालिकाले त्यसबारे अनुसन्धान गर्न भन्दै प्रहरीमा जाहेरी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ माघ २०८१, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आशिका तामाङलाई धरौटीमा छाड्न अदालतको आदेश
आशिका तामाङलाई बयानका लागि अदालत लगियो
आशिका तामाङ शुक्रबारसम्म हिरासतमै रहने
बेलगाम ‘सामाजिक अभियन्ता’, आशिका तामाङमाथि अनुसन्धान हुँदै
आशिका तामाङ पक्राउ