काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माणका कामहरु रोकिएको भएपनि अहिले विकास निर्माणका कामले गति पाएको दाबी गरेका छन्।
नेपाल चेम्बर एक्स्पोका शुभारम्भ गर्दै उनले राजनीतिक अस्थिरताको कारणले देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यात हरेक कुरामा प्रतिकुल असर पारेको बताए।
उनले भने, ‘अब आइटी सेक्टर चर्चाको मात्रै होइन, हाम्रो व्यवसायको, हाम्रो दैनिक जीवनको हरेक चिजको एउटा अभिन्न र महत्वपूर्ण अंग बनिसकेको छ। नेपाल अगाडि बढ्दैछ। अझ तिब्रताका साथ अगाडि बढ्न चाहिरहेको छ। यस बीचको केही अन्तरालको बहुत्तै असहज राजनीतिक अस्थिरता जस्ता कुराले देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यात हरेक कुरामा प्रतिकुल असर पारेको सबैलाई थाहा छ।’
उनले आइटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसकेको उल्लेख गरे। प्रतिकुल असरबाट फेरि अर्थतन्त्र र समाजलाई समयानुकुल ढंगले लयमा फर्काउन, गतिशिल बनाउन र अर्को वर्षबाट हामी २०२६ बाटै अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पु¥याउनेगरी काम गरिरहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ माघ २०८१, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट तयारीबारे मन्त्री र सचिवहरूसँग छलफल गर्दै प्रधानमन्त्री
प्रधानमन्त्रीले आज मधेस प्रदेश सभालाई सम्बोधन गर्ने
शिक्षकका जायज माग सम्बोधन गर्न तयार छौँ : प्रधानमन्त्री
थाइल्यान्ड भ्रमण सकाएर नेपाल फर्कँदै प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
प्रधानमन्त्री ओलीले आज बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने