काठमाडौँ । चारदलीय समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । यसअघि बुधबार गर्ने भनिएको कार्यक्रम एक दिन अघि सारिएको हाे ।
बुधवार सबै हल बुकिङ भइसकेकाले कार्यक्रम मंगलबारका लागि सारिएको नेपाल समाजवादी पार्टीका सह अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । कार्यक्रम प्रज्ञा भवन कमलादीमा दिउँसो १२ बजे सुरु हुने उनले जानकारी दिए ।
‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ विषयक कार्यक्रममा सहभागी हुन मोर्चाका नेताहरूले आग्रह गरेको छन् । मोर्चामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेसपा र नेकपा सहभागी छन् ।
विसं २०८० असार ४ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र विप्लव नेतृत्वको नेकपालगायतको सहभागितामा समाजवादी मोर्चा गठन गरिएको थियो । तर पछिल्लो समय विभिन्न विषयमा असन्तुष्टि जनाउँदै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल मोर्चामा सक्रिय छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ माघ २०८१, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाजवादी मोर्चाको बैठक सकियो
पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
समाजवादी मोर्चाको बैठक जारी
रत्नपार्कबाटअघि बढ्यो समाजवादी मोर्चाको जुलुस
समाजवादी मोर्चाको प्रदर्शन सुरु
भृकुटीमण्डपमा प्रचण्डसहित ४ नेताले मात्रै सम्बोधन गर्ने