काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सामान्य रुघाखोकी लाग्दा पनि भेन्टिलेटरभित्र अक्सिजन माक्स लगाएको तस्बिर देखाइएको भन्दै त्यसतर्फ गुनासो गरेका छन् ।
आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो गुनासो गरेका हुन् ।ओली केही दिनदेखि स्वास्थ्य समस्या भएर निवासमै आराम गरिरहेका थिए । उनलाई चिकित्सकहरूले लामो यात्रा नगर्न आग्रह गरेपछि गत शुक्रबार भर्चुअल माध्यमबाटै सिद्धबाबा सुरुङको ब्रेक थ्रु लगायतका कार्यक्रम उद्घाटन गरेका थिए ।
आफू सामान्य बिरामी भएको र अहिले पनि कमजोर नै रहेको प्रधानमन्त्रीको भनाइ छ ।केही दिनपछि सार्वजनिक कार्यक्रममा देखा परेका प्रधानमन्त्री ओलीले भने, ‘मेरो अलि अलि स्वास्थ्य राम्रो छैन । रुघाखोकी अलिक नराम्रोसँग लाग्यो । तर, मलाई रुघाखोकी, हाच्छ्युँ गरेको देख्यो भने आइसियुमा भेन्टिलेटर लगाएको वा अक्सिजन माक्स लगाइरहेको फोटो आइहाल्छ ।’
उनले जुन आशले आफ्नो त्यस्ता तस्बिर देखाइएको हो त्यो पुग्ने अवस्था नभएको पनि जिकिर गरे ।‘तपाईँहरूले पनि देख्नुभयो हाला । सुन्नुभयो होला । मलाई रुघा लागेको थियो । अहिले पनि राम्रै निको भइसकेको छैन । एन्टिबायोटिक खाँदा अलिक कमजोर बनाएको छ, कुरा त्यत्ति हो । जे आशले आइसियुमा देखाउँछन्, त्यो आश पुग्ने वाला छैन,’ प्रधानमन्त्री ओलीले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ माघ २०८१, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच फोन सम्वाद
देश विकासको गतिमा अगाडि बढेको छ: प्रधानमन्त्री ओली
स्वदेशी वस्तुको प्रयोगमा वृद्धि गर्नुस् : प्रधानमन्त्री ओली
प्रचण्डसँग सम्पर्क गर्न अहिले पनि म प्रयासरत छु: प्रधानमन्त्री ओली
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुँदैछ : प्रधानमन्त्री ओली