पाथीभरामा केबलकार बनाउने योजना खारेज होस् : राजेन्द्र महतो

सफल खबर संवाददाता

आइतबार, १३ माघ २०८१, ११ : ४३
पाथीभरामा केबलकार बनाउने योजना खारेज होस् : राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको समूहमाथि प्रहरीले दमन गरेको भन्दै विरोध जनाएका छन् ।

कुनै पनि प्रकारको विकास स्थानीय समुदायको सहमति र सांस्कृतिक मूल्यको संरक्षण विना हुन नसक्ने भन्दै महतोले सो क्षेत्रमा केबलकार बनाउने योजना खारेज गर्न माग गरेका छन् ।

ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्ने स्थानीय युवा  र प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर चार जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीतर्फ पनि केही घाइते छन् ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आज विज्ञप्ति निकालेर प्रहरीले दमन गरेको भन्दै भर्त्सना गरेका छन् । साथै उनले घाइतेहरुको शीघ्र उपचार र न्याय सुनिश्चित गर्न तथा आन्दोलनरत नागरिकहरूसँग वार्ता र संवाद मार्फत समस्या समाधान गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस