राजेन्द्र महतोको पार्टीको नाम फेरियो

सफल खबर संवाददाता

शुक्रबार, ०९ कार्तिक २०८१, १५ : ४१
राजेन्द्र महतोको पार्टीको नाम फेरियो

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको पार्टीको नाम फेरिएको छ । निर्वाचन आयोगले क्रान्ति शब्द राखेर दल दर्ता गर्न अस्वीकार गरेपछि महतोले नयाँ नाम प्रस्ताव गरेका हुन् ।नयाँ नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल र चुनाव चिन्ह माछा प्रस्ताव गरिएको नेता केशव झाले जानकारी दिए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाएका महतोले १ असोजमा त्यही नाममा दल दर्ता गर्ने निर्णय गरेका थिए । त्यसअनुसार आयोगमा निवेदन समेत दिएका थिए ।

तर आयोगले क्रान्ति शब्द राख्न अस्वीकार गरेपछि राष्ट्रिय मुक्ति पार्टी नेपाल नाम राखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस